Monday, July 15, 2013

Mutu Bhari(मुटु भरी)

मुटु भरी जलेको आगो सरी
छ बाँकी तिम्रो याद सहनु म कसो गरी
भत भती पोल्छ यो छाति बेसरी
सकिन सहन याद आउँछ तिम्रो हर घडी
नयन भरी तिम्रो आकृति छाई दिन्छ ओरी परी

बिश्वास त मेरो कस्तो पो हो यो
तिम्रो चिताको ताप सेक्नु पर्‍यो
मुटु जल्दानी सहनु पर्‍योे
तिमी जलेर जब खरानी भयौ
हेर्दा हेर्दै आगनमा धुवाँ बनी तिमी पनि
बिलिन भयौ हो ओ हो उडी गयौ

गल्ति हाम्रो के नै थियो
किन यो सजाय भोग्नु पर्‍यो
बन्धन हाम्रो अटुट थियो
कसले काट्यो कसको आँखा लाग्यो
तै पनि म हर दिन
आउने छु तिमीलाई भेटन
संसार त्यागेर टाडै हेर
मुटु भरी जलेको आगो सरी
छ बाँकी तिम्रो याद सहनु म कसो गरी
भत भती पोल्छ यो छाती बेसरी
सकिन सहन याद आउँछ तिम्रो हर घडी

0 comments:

Post a Comment

You may also like

Related Posts Plugin for WordPress, Blogger...

Our Sponser

Total Pageviews

Book this space

Blog Archive

how do u find our lyrics page??

 

ads

Blogger news

About