
शुभकामना भरी हरेक श्वासमा
तिम्रो दिर्घायुको कामना गर्न सकुँ म
शुभकामना भरी हरेक पलमा
तिम्रो जीवनमा सुवाश छर्न सकुँ म
शुभकामना भरी
आँखाका दुइ घडा प्रीतले भरेको
हरेक बुन्दले अभिसेस देयोस
श्रद्धा भक्ती बिश्वास मायाले उनेको
हरशब्द यो मंगल माला बनोस
शुभकामना भरी हरेक उशामा
तिम्रा बिहानीहरु रंगाउन सकुँ म
शुभकामना भरी
मुटुको दियोमा सँधै बलिरहने
अखन्ड बत्ती पथप्रदर्शक रहोस
सदुवाको सिउँदोमा झल्किरहने
सिन्दुर झैँ शुभ त्यो जीवन बनोस
शुभकामना भरी हरेक संध्यामा
तिम्रा साँझहरु सजाइदिन सकुँ म
शुभकामना भरी हरेक श्वासमा
तिम्रो दिर्घायुको कामना गर्न सकुँ म
0 comments:
Post a Comment