Pages

Monday, July 15, 2013

Asare Mahinama (असारे महिनामा)

असारे महिनामा पानी पर्यो रुझाउने
एक्लो यो मेरो मन कसरी बुझाउने
मन तिम्रै मैच्याङ्गले रुँदै धरर
नौ डाँडा पारी छ कम्पनी सहर
बिछोडको बेलैमा, बिछोडको बेलैमा

मनै बराले न्याउलको बोली
यति बेला मैच्याङ्ग के गर्दै होली
मनै बराले न्याउलको बोली
यति बेला मैच्याङ्ग के गर्दै होली
पीडीमा बसेर के के कुरा गर्दी हो
कहिले हाँस्दी हो कहिले रुँदि हो
मलाई नै सम्झेर, मलाई नै सम्झेर

छन छनै बग्ने खहरे खोला
अब त छोरा कुद्ने भो होला
छन छनै बग्ने खहरे खोला
अब त छोरा कुद्ने भो होला
दिन भरी खेल्दो हो मलाई नै भुल्दो हो
साँझ परे पछि आमालाई सोध्ने हो
खोई बाबा भनेर, खोई बाबा भनेर
असारे महिनामा पानी पर्यो रुझाउने
एक्लो यो मेरो मन कसरी बुझाउने
मन तिम्रै मैच्याङ्गले रुँदै धरर
नौ डाँडा पारी छ कम्पनी सहर
बिछोडको बेलैमा, बिछोडको बेलैमा
बिछोडको बेलैमा, बिछोडको बेलैमा
बिछोडको बेलैमा, बिछोडको बेलैमा
बिछोडको बेलैमा

 

No comments:

Post a Comment