Monday, July 15, 2013

Badhai Cha(बधाई छ)

बधाई छ तिमीलाई शुभ–दिनको कामना
बधाई छ तिमीलाई शुभ–दिनको कामना
अँध्यारोमा ज्योति छर यहि छ मेरो भावना
बधाई छ तिमीलाई शुभ–दिनको कामना

नयाँ हुन्छ बिहानी हरेक नयाँ दिनको
शुभ–कामना छ तिमीलाई तिम्रो जन्मदिनको
नयाँ हुन्छ बिहानी हरेक नयाँ दिनको
शुभ–कामना छ तिमीलाई तिम्रो जन्मदिनको
पालुवा झैं पलाई जाऊ सफलताको कामना
बधाई छ तिमीलाई शुभ–दिनको कामना

यो खुसीको मौसममा खुसी पो छ यो तन
जिन्दगीको आरोहमा तिमी संगै छ यो मन
यो खुसीको मौसममा खुसी पो छ यो तन
जिन्दगीको आरोहमा तिमी संगै छ यो मन
दुबो सरी फैली जाऊ सुकर्म कामना
बधाई छ तिमीलाई शुभ–दिनको कामना
अँध्यारोमा ज्योति छर यहि छ मेरो भावना
बधाई छ तिमीलाई शुभ–दिनको कामना

0 comments:

Post a Comment

You may also like

Related Posts Plugin for WordPress, Blogger...

Our Sponser

Total Pageviews

Book this space

Blog Archive

how do u find our lyrics page??

 

ads

Blogger news

About