Thursday, July 11, 2013

Lyrics of sukha ra dukhako bichma basera (सुख र दुखको बीचमा बसेर) by Anuprastha (अनुप्रस्थ)

सुख र दुखको बीचमा बसेर 
सास फेर्न गार्‍हो भो
कठोर यो मनलाई सम्हाल्न मैले खोज्दा 
झन् झनै सार्‍हो भो
अनि आई पुगे तिम्रो नजिक 
यो जीवनलाई मोडेर 
मैले माया पाएँ तिमीबाटै यो मुटु जोडेर
तर के गर्नु (जाँदै छु तिमीलाई छोडेर )३

मात्र अध्याँरोमा बस्न खोज्नेले 
उज्यालोमा के पो देख्छ र
विवशतामा अल्झेको मेरो जीवनले 
पिडा बाहेक अरु के नै लिन सक्छ र
हर मोडबाट भागी हिडेँ यहाँ रोकुँ म कसरी 
अझै यता पनि तिम्रो मायामा म भाग्दै छु यसरी 
यसरी नै जाँदै छु तिमीलाई छोडेर 

आज यहाँ भोली कहाँ
यहि नै मेरो जीवनको यात्रा हो
हाँसो देखाई आँशुलाई पिउनु 
बाची रहनको लागि कोशिस मात्र हो 
आँशु सुकी सक्यो मन मरी सक्यो 
रोई दिउँ कसरी 
तर आँखा भरि तिम्रो आँशु देख्दा
छाती दुख्दछ बेसरि 
यसरी नै (जाँदै छु तिमीलाई छोडेर )३

सुख र दुखको बीचमा बसेर सास फेर्न गार्‍हो भो
कठोर यो मनलाई सम्हाल्न मैले खोज्दा 
झन् झनै सार्‍हो भो
@ smslyrics.com
अनि आइ पुगे तिम्रो नजिक 
यो जीवनलाई मोडेर 
मैले माया पाएँ तिमीबाटै यो मुटु जोडेर
तर के गर्नु (जाँदै छु तिमीलाई छोडेर )३

0 comments:

Post a Comment

You may also like

Related Posts Plugin for WordPress, Blogger...

Our Sponser

Total Pageviews

Book this space

Blog Archive

how do u find our lyrics page??

 

ads

Blogger news

About